• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः शनिबार २४ घण्टा भित्र थप ५५४ जनामा पुष्टि


    असार १३ गते, शनिबार ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ५५४ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का १२ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा १०९४० पुरुष र १३६९ महिला रहेका छन् । हालसम्म नेपालमा कोरोनाभाइरस सबै ७७ जिल्लामा देखिएको छ । आज थप १३६ संक्रमित निको भएको छन् । यो संगै नेपालमा २८३४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

    विगत २४ घण्टा भित्र ४ हजार ६०६ जनामा पिसिआर जाँच गरिएको छ । त्यस्तै २४ घण्टा भित्र ३ हजार ६८५ जनामा आरडीटी जाँच गरिएको छ ।

    हालसम्म देशभर ६५ हजार ७१२ जना क्वारेनटाइनमा रहेकाछन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस