• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा आज पनि थपिए ५ जना कोरोना संक्रमित


    असार १३ गते

    काठमाडौं उपत्यकामा आज (शनिबार)थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले आज काठमाडौंका एक महिला, ३ पुरूष र भक्तपुर एक पुरूषमा कोरोना संक्रमण देखिएको बताएका हुन्।

    शनिबार मात्रै कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्।

    योसँगै संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन्। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस