• जीवनशैली | Jiwanshaili
  • कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या १ कराेड नाघ्याे, २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् (असार १४ गते)


    असार १४ गते,आइतबार ।
    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड नाघेको छ ।आइतबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख ७३ हजार ८१४ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् । हिजोमा यस भाइरसबाट १ लाख ७५ हजार २ सय ६७ जना संक्रमित भएका थिए । शनिबार थप ४ हजार ५ सयको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो शनिबार एकै दिन भारतमा ४ सय १४ को मृत्यु भएको छ । यसै गरी ब्राजिलमा ९सय ९४, अमेरिकामा ५ सय १२ जनाको मृत्यु भएको छ । यसै गरी मेक्सीकोमा ७ सय १९ जना, युकेमा १सय जना, इरानमा १२५, पेरुमा १९६ जना,चिली २७९ जना, दक्षिण अफ्रिकामा ३७ , पाकिस्तानमा ७३, र रसियामा १ सय ८८ जनाको ज्यान गएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ५५४ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का १२ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा १०९४० पुरुष र १३६९ महिला रहेका छन् । हालसम्म नेपालमा कोरोनाभाइरस सबै ७७ जिल्लामा देखिएको छ । आज थप १३६ संक्रमित निको भएको छन् । यो संगै नेपालमा २८३४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।



    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस