• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि


    कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै ४० हजार ५४० जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ३७ हजार ७७ पुगेको छ ।

    सोमबार बिहानसम्म १ लाख २८ हजार ४२७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २८५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

    कुल संक्रमितमध्ये १० लाख ९३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १४ लाख १५ हजार १८४ जनामध्ये १५ हजार ८१५ जनाको अवस्था गम्भीर रहेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस