स्टार अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु, कुल संख्या २९ पुग्याे
सोमवार, असार १५, २०७७/ ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका एक जनाको मृत्यु भएको छ।
रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारका क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।
‘सास फेर्न समस्या भएर उहाँ शनिबार दिउँसो ४ बजे अस्पतालमा आउनु भएको थियो। हामीले कोरोनाको शंका गरेर भेन्टिलेटरमा उपचार गरिरहेका थियौं। स्वाब निकालेर पिसिआर परीक्षण गर्न पठाएका थियौं,’ अस्पतालको कोरोना रेस्पोन्स टिमका प्रमुख डाक्टर अनिल पोखरेलले सेतोपाटीसँग भने,‘शनिबार साँझ नै उहाँको मृत्यु भएको थियो। हिजो आएको पिसिआर रिपोर्टमा उहाँलाई कोरोना संक्रमण देखियो।’
मृतक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अब नेपाली सेनाले उनको अन्तिम संस्कार गर्न लैजाने तयारी भएको डाक्टर पोखरेलले जानकारी दिए।
रौतहटका ती युवामा पहिलादेखि नै छातीको समस्या थियो। केही दिनयता सास फेर्न समस्या भएपछि उनी एम्बुलेन्समा रौतहटबाट काठमाडौं आएका थिए।
योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस