• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् -असार १६ गते (तालिका सहित)


    असार १६ गते,मंगलवार ।
    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड नाघेको छ ।

    मंगलवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख ३ लाख ९७ हजार ९१४ पुगेको हो ।

    तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख ७ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।

    एकै दिन १ लाख ५६हजार ९५ जना संक्रमित भएका छन् ।

    हिजोमात्र यस भाइरसबाट १ लाख ६४ हजार २ सय २४ जना संक्रमित भएका थिए ।

    सोमवार थप ३ हजार ४ सयको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो सोमवार एकै दिन भारतमा ४ सय १७ को मृत्यु भएको छ ।

    यसै गरी ब्राजिलमा ६सय ५६, अमेरिकामा ३ सय ३४ जनाको मृत्यु भएको छ ।

    यसै गरी मेक्सीकोमा २ सय ६७ जना, युकेमा २५ जना, इरानमा १६२, पेरुमा १८७ जना,चिली ६६ जना, दक्षिण अफ्रिकामा ७३ , पाकिस्तानमा ४३, र रसियामा ९३ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस