• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् -असार १८ गते (तालिका सहित)


    असार १८ गते, विहिबार।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड ७ लाख नाघेको छ ।

    बिहिबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख ७ लाख ९२ हजार ६७३ पुगेको हो ।

    तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख १८ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।

    एकै दिन १ लाख ९५ हजार ४ सय ७७ जना संक्रमित भएका छन् ।

    हिजोमात्र यस भाइरसबाट १ लाख ७५ हजार जना संक्रमित भएका थिए ।

    बुधवार थप ४ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो बुधवार एकै दिन भारतमा ४ सय ३८ को मृत्यु भएको छ ।

    यसै गरी ब्राजिलमा १ हजार ५७, अमेरिकामा ६ सय ६३ जनाको मृत्यु भएको छ ।

    यसै गरी मेक्सीकोमा ६ सय ४८ जना, युकेमा १ सय ७६ जना, इरानमा १ सय ४१, पेरुमा १ सय ८३ जना, चिली ६५ जना, दक्षिण अफ्रिकामा ९२ , पाकिस्तानमा ९१,कोलम्बीयामा १ सय ३६, इराकमा १०७ जना र रसियामा २ सय १६ जनाको ज्यान गएको छ ।

    नेपालमा बुधबार थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस