• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् -असार १९ गते (तालिका सहित)


    असार १९ गते, विहिबार।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड ९ लाख नाघेको छ ।

    शुक्रबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख ९ लाख ७३ हजार ५२० पुगेको हो ।

    तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख २३ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।

    एकै दिन २ लाख ७ हजार ९ सय ६३ जना संक्रमित भएका छन् ।

    हिजोमात्र यस भाइरसबाट १ लाख ९७ हजार जना संक्रमित भएका थिए ।

    बिहिवार थप ५ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो बुधवार एकै दिन भारतमा ३ सय ७७ को मृत्यु भएको छ ।

    यसै गरी ब्राजिलमा १ हजार २ सय ७७, अमेरिकामा ६ सय ८० जनाको मृत्यु भएको छ ।

    यसै गरी मेक्सीकोमा ७ सय ४१ जना, युकेमा ८९ जना, इरानमा १ सय ४८, पेरुमा १ सय ८५ जना, चिली १ सय ६७ जना, दक्षिण अफ्रिकामा ९५ , पाकिस्तानमा ९१,कोलम्बीयामा १ सय ७१, इराकमा १०७ जना र रसियामा १ सय ४७ जनाको ज्यान गएको छ ।

    नेपालमा बिहीबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस