• जीवनशैली | Jiwanshaili
  • कोरोनाबाट नेपालमा थप १ को मृत्यु, कुल संख्या ३२ पुग्याे


    १८ असार । काठमाडौंमा एक वृद्धको निजी अस्पतालमा मृत्यु भएको जनाएको छ । काठमाडौंको बानेश्वरका एक ८५ वर्षका वृद्धको मृत्यु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

    उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस