• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् (असार २१ गते -तालिका सहित)


    असार २० गते, आइतबार।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड १३ लाख नाघेको छ ।

    शनिवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख १३ लाख ७१ हजार ६४६ पुगेको हो ।

    तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख ३२ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।

    एकै दिन १ लाख ८९ हजार ७० जना संक्रमित भएका छन् ।

    हिजोमात्र यस भाइरसबाट २ लाख ९ हजार जना संक्रमित भएका थिए ।

    शनिवार थप ४ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो शनिवार एकै दिन भारतमा ६ सय १० को मृत्यु भएको छ ।

    यसै गरी ब्राजिलमा १ हजार १ सय ११, अमेरिकामा २ सय ४९ जनाको मृत्यु भएको छ ।

    यसै गरी मेक्सीकोमा ६ सय ५४ जना, युकेमा ६७ जना, इरानमा १ सय ४८, पेरुमा १ सय ८६ जना, चिली १ सय ४१ जना, दक्षिण अफ्रिकामा ७४ , पाकिस्तानमा ६८ ,कोलम्बीयामा १ सय ६५, इराकमा १०१ जना र रसियामा १ सय ६८ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस