• जीवनशैली | Jiwanshaili
  • बहिनी बलात्कारको आरोपमा १७ वर्षीय दाजु पक्राउ


    बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथी जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवा पक्राउ परेका हुन् ।

    नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

    पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ । बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    –––


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस