• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा मंगलबार थप २८ मा संक्रमण पुष्टि


    असार २३ गते, मंगलबार, २०७७।

    काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एक जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भक्तपुरका ४ जना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । जसमा ७ हजार ४ सय ९९ जना निको भएर र फर्किसकेका छन् । 


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस