कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् -असार २४ गते (तालिका सहित)
असार २४ गते -बुधवार
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड १९ लाख नाघेको छ ।
बुधवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख १९ लाख ४० हजार २५८ पुगेको हो ।
तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख ४५ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
एकै दिन २ लाख २ हजार २२७ जना संक्रमित भएका छन् ।
अघिल्लो दिन मात्र यस भाइरसबाट १ लाख ७१ हजार ७२६ जना संक्रमित भएका थिए ।
मंगलवार थप ५ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो मंगलवार एकै दिन भारतमा ४ सय ७९ को मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा १ हजार ३ सय १२, अमेरिकामा ९ सय ७६ जनाको मृत्यु भएको छ ।
यसै गरी मेक्सीकोमा ४ सय ८० जना, युकेमा १५५ जना, इरानमा २ सय , पेरुमा १ सय ८० जना, चिली ५० जना, दक्षिण अफ्रिकामा १ सय ९२ , पाकिस्तानमा ७७ ,कोलम्बीयामा १ सय ४९, इराकमा १ सय १८ जना र रसियामा १ सय ९८ जनाको ज्यान गएको छ ।
नेपालमा मंगलबार थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस