उपत्यकामा बुधबार थप २३ मा संक्रमण पुष्टि
असार २४ गते, बुधबार, २०७७।
काठमाडौं उपत्यकामा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १०, ललितपुरका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि पुगेको छ । जसमा ७ हजार ७ सय ५२ जना निको भएर घर फर्किसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस