कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् -असार २५ गते (तालिका )
असार २५ गते -विहिवार
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड २१ लाख नाघेको छ ।
विहिवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख २१ लाख ५४ हजार ९८३ पुगेको हो ।
तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख ५१ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
एकै दिन २ लाख १२ हजार ६६० जना संक्रमित भएका छन् ।
अघिल्लो दिन मात्र यस भाइरसबाट २ लाख ८ हजार ३०१ जना संक्रमित भएका थिए ।
बुधवार थप ५ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो बुधवार एकै दिन भारतमा ४ सय ९१ को मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा १ हजार १ सय ८७, अमेरिकामा ८ सय ७६ जनाको मृत्यु भएको छ ।
यसै गरी मेक्सीकोमा ८ सय ९५ जना, युकेमा १२६ जना, इरानमा १ सय ५३ , पेरुमा १ सय ४१ जना, चिली १ सय ३९ जना, दक्षिण अफ्रिकामा १ सय , पाकिस्तानमा ८३ ,कोलम्बीयामा १ सय ६८, इराकमा ९४ जना र रसियामा १ सय ७३ जनाको ज्यान गएको छ ।
नेपालमा बुधवार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस