कोरोना कहरः विगत २४ घण्टा विश्व मा कहाँ के के भए? हेर्नुहोस्-श्रावण ६ गते (तालिका सहित )
श्रावण ६ गते,मंगलबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड ४८ लाख नाघेको छ ।
मंगलबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख ४८ लाख ४० हजार १४३ पुगेको हो ।
तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ६ लाख १२ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
एकै दिन १ लाख ९९ हजार ८०७ जना संक्रमित भएका छन् ।
अघिल्लो दिन मात्र यस भाइरसबाट २ लाख २२ हजार जना संक्रमित भएका थिए ।
सोमवार कोरोना भाइरसको संक्रमणबाट थप ३ हजार ९ सय को मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो सोमवार एकै दिन भारतमा ५ सय ९६ को मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा ७ सय १८ , अमेरिकामा ४ सय ९९ जनाको मृत्यु भएको छ ।
यसै गरी मेक्सीकोमा २ सय ९६ जना, युकेमा १२ जना, इरानमा २ सय १७ , पेरुमा १ सय ९७ जना, चिली १ सय ३० जना, दक्षिण अफ्रिकामा १ सय ४० , पाकिस्तानमा ३१ ,कोलम्बीयामा १ सय ९३, इराकमा ८८ जना रसियामा ८५ जनाको ज्यान गएको छ ।
नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।


क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस