औषधि उत्पादक संघको आन्दोलन स्थगित
साउन ७, २०७७
नेपाल आत्मनिर्भर भएको औषधिको आयात रोक्नुपर्ने मागसहित आन्दोलित औषधि उत्पादक संघले आन्दोलन स्थगन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि उत्पादकको माग सम्बोधन गर्न सुझाव समिति बनाएपछि औषधि व्यवसायीले आन्दोलन स्थगन गरेका हुन् ।
नेपाल ३० वटा औषधिमा आत्मनिर्भर भएपनि ती औषधि विदेशबाट आयात भइरहेको भन्दै केही सातादेखि औषधि उत्पादकहरू आन्दोलित थिए । आइतवार मन्त्रीस्तरीय निणर्यबाट स्वास्थ्य मन्त्रालयका सहसचिव डा. विकास देवकोटाको संयोजकत्वमा तीन सदस्य समिति बनाएपछि संघले मंगलवारदेखि आन्दोलनका कार्यक्रम स्थगित गरेको हो । ‘हामी जुन औषधिमा आत्मनिर्भर छौं तिनको बन्द गर्नुपर्छ भन्ने हाम्रो माग हो, सरकारले यसमा अध्ययन गरी आवश्यक पहल गर्ने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलन स्थगित गरेका हौं,’ संघका अध्यक्ष नारायण बहादुर क्षेत्रीले बताए ।
मन्त्रालयले बनाएको सुझाव समितिले औषधि उत्पादकहरूका मागबारे अध्ययन गरिरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । उनकाअनुसार छलफलबाट आएको निश्कर्षका आधारमा समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सुझाव दिनेछ। त्यसपछि मन्त्री ढकालले नै व्यवसायीहरूको मागका विषयमा आवश्यक निणर्य गर्ने ढकालले बताए ।
क्याटेगोरी : खोज/विशेष, समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस