मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
यतिबेला जाडो मौसम चलिरहेको छ । यो मौसममा धेरै स्वास्थ्य समस्या देखिने गर्छ । त्यसैले यो मौसममा चिसोबाट बच्दै शरीरलाई स्वास्थ राख्न खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । विभिन्न प्रकारका बिरामबाट बच्न हामीले आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनु पर्ने हुन्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन फलफूल तथा खानेकुरामा बिशेष ध्यान दिनुपर्छ । यस्ता विभिन्न तरकारी तथा फलफूलमध्ये मुला पनि रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनमा महत्वपूर्ण मानिन्छ ।
मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै खान मन गर्दैनन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदायुक्त छ । विशेष गरी हिउँदमा मुला प्रसस्त मात्रामा पाइन्छ । तर वर्षभरि मुला पाउन त्यति मुस्किल पनि हुँदैन । हिउँदमा त ग्रामीण क्षेत्रका प्रायः हरेक घरमा मुला फलेको हुन्छ । यस्तै शहर बजारमा पनि सस्तो र सुलभ रुपमा पाइन्छ । मुलामा विभिन्न प्रकारका भिटामिन तथा फाइबर हुन्छन् ।
जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनुका साथै रक्त चाप नियन्त्रण गर्ने, पाचन प्रणालीलाई सन्तुलित राख्ने जस्ता महत्वपूर्ण काम गर्छ । मुला फल्ने र प्रसस्त पाउने मौसम पनि यहि हो । यसलाई मानिसले अत्यन्तै रुचाएको पाइन्छ । मुलालाई तरकारी, अचार, सलादलगायत विभिन्न तरिकाबाट खान सकिन्छ । मुलामा फाइबरको मात्रा प्रसस्त पाइन्छ । यसले हाम्रो पाचन अंगलाई स्वस्थ राख्ने, पेट सम्बन्धी रोग निको बनाउने काम गर्छ । मुलालाई नियमित सलादको रुपमा प्रयोग गर्ने हो भने पेट सफा रहन्छ र पेट सम्बन्धी रोगबाट ग्रसित हुनबाट बचिन्छ । यसले कब्जियतको समस्या छ भने पनि समाधान गर्न मद्दत गर्छ ।
मुला सेवनका फाइदाहरुः
– रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ
मुलामा भिटामिन ए, सी, ई, बी, पोटासियम पाइन्छ । त्यसैले मुलाले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मद्दत गर्छ ।
– मुटुको लागि फाइदा
मुलामा एन्टीअक्सिडेट र एन्थोसायनिक प्रसस्त मात्रामा पाइन्छ जुन मुटुको लागि फाइदाजनक हुन्छ ।
– चिसोमा घाँटी र स्वासनली सफा राख्न
मुलामा एन्टी–कजेस्टिव गुण हुन्छ । यो चिसो मौसममा स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ । यसले घाँटी र स्वासनली सफा राख्न समेत मद्दत गर्छ ।
– छाला सम्बन्धी रोगबाट बच्न
मुलामा फस्फोरस र जिंक प्रसस्त मात्रामा पाइन्छ, जसले जाडो मौसममा हुने सुख्खा छालालाई नरम बनाउन मद्दत गर्छ । चिसो मौसममा अनुहारको छाला सुख्खा हुने, फुट्ने, फुर्सो हुने र रातो देखिने समस्याबाट बच्न समेत मुला सेवन गर्न सकिन्छ ।
– शरीरमा पानीको कमी हुन नदिने
जाडो मौसममा प्रायः मानिसले पानी कम पिउने गर्छन् । पानी कम पिउँदा शरीरमा विभिन्न प्रकारका समस्या देखिन सक्छ । मुलाको सेवनले पानी कम हुँदा शरीरमा देखिने समस्याबाट बचाउँछ । मुलामा पानीको मात्रा प्रसस्त हुने हुँदा यसको सेवनले शरीरमा हुने पानीको कमी हुन दिँदैन ।
-उच्च रक्तचापबाट नियन्त्रणका लागि
मुलामा पोटासियमको मात्रा प्रसस्त पाइन्छ । सोडियमको मात्रा शरीरमा बढ्नाले उच्च रक्तचाप हुन सक्छ । मुलामा पोटासियम हुने हुँदा यसले शरीरमा सोडियमको मात्रालाई सन्तुलन बनाउन मद्दत गर्छ । जसले रक्त चाप पनि नियन्त्रणमा आउँछ ।
– आरबिसीको संरक्षक
मुलाले शरीरमा रहेका राता रक्त कोषलाई मर्नबाट जोगाउँछ । यसले रगतमा अक्सिजनको मात्रा पनि बढाउँछ ।
– उच्च फाइबर
मुला नियमित रुपमा खाँदा फाइबर उच्च मात्रामा प्राप्त हुन्छ । यस्तै पित्त–रसको उत्पादन बढाउँछ, लिभरको सुरक्षा गर्छ । यसैगरी गाल ब्लाडरको सुरक्षा तथा शरीरमा पानीको मात्रा नियमित गर्नमा पनि यसको भूमिका हुन्छ ।
– पाचन प्रणालीलाई राम्रो बनाउँछ
जमिनमुनि फल्ने मुलाले पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसैगरी एसिडिटी, ग्यास्ट्रीक, मोटोपनसहितका समस्या समाधान गर्न सहयोग गर्छ ।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस