• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः पछिल्लो २४ घण्टा विश्व मा कहाँ के के भए? हेर्नुहोस्-श्रावण ९ गते (तालिका सहित)


    श्रावण ९ गते,शुक्रवार।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड ५६ लाख नाघेको छ ।

    बुधबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख ५६ लाख ३९ हजार ७सय ५ पुगेको हो ।

    तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ६ लाख ३५ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।

    एकै दिन २ लाख ७३ हजार ७ सय ८८ जना संक्रमित भएका छन् ।

    अघिल्लो दिन मात्र यस भाइरसबाट २ लाख ८० हजार जना संक्रमित भएका थिए ।

    बिहिवार कोरोना भाइरसको संक्रमणबाट थप ६ हजार २ सय को मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो बुधवार एकै दिन भारतमा ७ सय ५५ को मृत्यु भएको छ ।

    यसै गरी ब्राजिलमा १ हजार३ सय १७ , अमेरिकामा १ हजार १ सय १४ जनाको मृत्यु भएको छ ।
    यसै गरी मेक्सीकोमा ७ सय ९० जना, युकेमा ५३ जना, इरानमा २ सय २१ , चिली १ सय १६ जना, दक्षिण अफ्रिकामा १ सय ५३ , पाकिस्तानमा ३२ ,कोलम्बीयामा ३ सय १५, इराकमा ८० जना रसियामा १४७ जनाको ज्यान गएको छ ।

    नेपालमा बिहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस