वरिष्ठ सङ्गीतकार जोशीको निधन
वरिष्ठ सङ्गीत उस्ताद भोला जोशीको आज निधन भएको छ । रेडियो नेपालका सङ्गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत विभागको नेतृत्व गरिसक्नुभएका जोशीको ८० वर्षका उमेरमा आज हेटौँडास्थित आफ्नै निवासमा निधन भएको रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले जानकारी दिनुभयो ।
दम, मधुमेह तथा उच्च रक्तचापले ग्रसित जोशी लामो समयदेखि गृहनगर हेटौँडामा थलिएर बस्नुभएको थियो । विसं २०२२ देखि रेडियो नेपालमा सङ्गीत सिर्जनामा लाग्नुभएका जोशीलाई रेडियो नेपालले ‘उस्ताद’ उपाधि दिएको सङ्गीतकर्मी बताउँछन् । हालका चर्चित सङ्गीतकार चेतन सापकोटा, शिखर सन्तोषलगायत थुप्रै गायकगायिकालाई सङ्गीत प्रशिक्षण दिनुभएका जोशी शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो ।
नातिकाजी, शिवशङ्कर, नरराज ढकालजस्ता सङ्गीत साधकसँग रहेर सङ्गीत सिर्जना, वाद्यवादन तथा गायनमा लामो समयसम्म योगदान दिनुभएका जोशीको निधनले देशको सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको सङ्गीतकार सापकोटा बताउनुहुन्छ । “सङ्गीतको कखरा सिकाउनुहुने गुरुको निधनले दुखित बनाएको छ”, उहाँले भन्नुभयो ।
–––
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस