• जीवनशैली | Jiwanshaili
  • कल्पना (भाग : १)


    भारी फाँटमा लहलह धानका बाला सुनझैं लहराइरहेको थियो । सबैका घरमा चिउराको बासना मगमग आइरहेको थियो । बिहानै सबैको घरमा अगरबत्तिको मधुर मुस्कानसहित सुगन्धित बासना आइरहेको थियो । आँगनको डिलमा मुस्कुराइरहेको मखमली र सयपत्रीले हिन्दुहरूको महान चाड दशैं अनि तिहारलाई स्वागत गर्न आतुर थिए । त्यसैमाथि टुँढिखेलबाट उडाइरहेका चंगाहरू माथि रहेको तानसेनको शीर श्रीनगरसम्म पुगेका छन् । क्याम्पस पनि एक महिनाको लागि बन्द भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस ।

    संगमका साथीहरू सबै दशै बिदामा घर गएको जम्मा दुईदिन मात्र भयो । संगम विहानको चिया खाएर टुँढिखेलतिर निस्कियो । बाटैमा एकजना बहिनीसँग भेट भयो । नारायण मन्दिरको गेटमा उनले सोधिन् । दादा सन्चै ?

    अँ भन्नै पर्यो । संगमले उत्तर दियो । उनी सविना नाम गरेकी थियो । सविनालाई संगमले बहिनी बनाएको थियो । यसभन्दा सविना पाल्पा टेक्निकल इन्स्टिच्यूटमा सिएमए अध्ययन गरेकी थिइन् । संगम पनि सविनासंगैै पाल्पा टेक्निकल इन्स्टिच्यूटमा सिएमए अध्ययन गरेको थियो । उनीहरू साँच्चिकै दाजु बहिनी कै माया ममता बढ्दै सहयोग पनि गर्दथे । सविनाको घर पाल्पाको तानसेन बजारमा पर्दथ्यो । सविनाले भावुक स्वरमा सोधी, दादा तपाई घर जानु हुँदैन ?

    प्रतिउत्तरमा संगमले बादलले छोपेको आकाश जस्तो हुँदैन । अँ हँ । किन दादा ? सविनाले न्याउरो अनुहार लगाउँदै सोधिन । संगम अलिक सिरियस भएर भन्यो हेर सविना तिमीले आज सम्म मलाई दादाको नाताले चिनेकी छौ त्यही ठीक छ । त्यो भन्दा अगाडि नसोध किन जाँदैन भनेर । संगम मुसुक्क हाँस्दै म तलसम्म जान थालेको, पछि आउँछु ल !

    दादा खाना खान यतै आउनुहोस् है । म खाना बनाउँछु, सविनाले भनिन् । अँ अनि तपाईसँग केही कुरा पनि गर्नुछ । संगमले सोध्यो के कुरा ? अहिले कोठामै आउनुहोस् अनि भनौंला सविनाले मुस्कुराउँदै मिठो स्वरमा भनिन् । हुन्छ भन्दै संगम अगाडि पाइला बढायो । सोच्न थाल्यो– म यस संसारमा सबैको दादा माइति भएको छु तर कसैलाई दादाको उत्तरदायित्व पुरा गर्न सकिन । अझ त्यसमा पनि सविना त मेरो आफ्नै बहिनी त हो । चेलीको मन सानो पवित्र हुन्छ । त्यसैले मलाई दादा बनाएको हो । जसले मेरो भविष्य नविग्रीयोस् भनेर एउटी बहिनीले दिने माया दिइरहेकी छे । संगल टुँढिखेलतिर लाग्छ । टकटक ढोकामा आवाज आउँछ । ढोका खुल्लै छ भित्र आउनुहोस् । सविनाले भनिन् ।

    संगमभित्र पस्छ र लामो सास तानेर भन्दछ । सविना तिम्ले एउटा कुरा भन्नु छ भनेकी थियौ, नि के हो ? यो दादा पनि आउन पाएको छैन ? यतै बस्नुहोस् न कहाँ सम्म पुगेर आउँनु भयो ? सविनाले सोधिन् । प्रतिउत्तरमा संगमले भन्यो । के गरौं सविना समस्याको कारण पढ्न त सकिएन । कहीं सानै भएपनि जब गरौं कि भन्ने सोंचेर हिडेको छु । कस्तो काम दादा ? सविनाले सोधिन । तर श्रीनगर बोडिङ्क स्कूलमा कपिल सरले बोलाउनुभएको थियो । सरलाई भेट्न गएको थिएँ अनि भयो त सरसँग कुरा ? सविनाले चियाको गिलास दिंदै सोधिन् । अँ यस्तै हो । हामी असहाय अनाथ अनि निम्न अवस्थाका मान्छेलाई बुजु्रकहरूले अगाडि त बढ्न दिदैनन् तर काम अनुसारको पारिश्रामिक त दिनु पर्दथ्यो नि हैन सविना ? दादा तपाईको कुरा मैले बुझिन त ! यस्तो महँगीको समयत्यसमा पनि विहान साझ सम्म घोक्रो फुट्नेगरी कराउनु पर्दछ ।

    मासिक स्केल रू. १२०० मा आश्रित हुनुपर्ने । खै ! मलिनो अनुहार लगाउँछन् दाहिने हात कञ्चटमा राखेर विश्राम लिन्छ । के गरोस् संगम पनि । सानै उमेरमा आँमा बुवाले छोडेर एक्लो बनाए । पढाईकै शिलशिलामा पाँच सातवटा स्कुल बदलिसकेको थियो । एउटी डाडामाथिको जुन भनौं या अस्ताउन आँटेको घाम जस्तै जिउँदो इतिहास हजुरआमालाई सन्तुष्ट पार्नु उसको उत्तरदायित्व थियो । यस्तै कुरा सोच्दा सोच्दै बैरागी बसेजस्तै बसेको थियो । दादा दादा खाना खाने होइन ? सविनाले भनिन् संगम लामो सास तान्दै सविना तिमी र म पहिलो जन्ममा पक्कै दाजु बहिनी हुनुपर्दछ । त्यसैले त अहिले रगतको नाता नभएपनि ममताको नाता भएकोले तिमी मेरा कति ख्याल गर्दछ्यौ ।

    भैगो धेरै भावुक बन्ने होइन, फेरि साहित्यकार बन्नुहोला । अब खाना खानुहोस् साझ धेरै लामो भयो । सविनाले अलि हकारेको स्वरमा भनिन् । दुबै दादा बहिनीले खाना खाएर सुत्ने तयारीमा थिए । सविनाले दादालाई म एउटा सानो कुरा भन्छु नाइ नभन्नुहोस् ल…के कुरा फेरि तिमीले भनेको कुरा मैले कहिले पो नाई नास्ती गरेको छु र ? मैले त तिमीलाई बहिनी हैन अविभावकको रूपमा हेरेको छु नि । संगमले भन्यो सविना हामी भनेका निम्न स्थितिका निम्न परिवारका मान्छे । हामी भनेका निम्न स्थितिका निम्न परिवारका मान्छे हुनु त महान् चाड पनि आइसक्यो ।

    तर के गर्नु यी चाड पर्व भनेका त ठूलाठूला महलमा बस्ने हरूका लागि विलासी जीवन विताउनलाई आउने रहेछन् । हाम्रा लागि त दादा हाम्रो अफिसमा युनाइटेड मिशन फ्रान्सका केही उच्च स्तरका डाक्टर आएका छन् र तिनीहरू ग्रामिण भेगमा पुगेर भौगोलिक स्थिति र रोगहरूको बारेमा अध्ययन गर्दछन् रे उनीहरूलाई पनि एक जना नेपाली साथिको आवश्यक छ । उनीहरूलाई चाहिने जस्तो तपाई हुनुुहुन्छ । अंग्रेजी पनि जानेको, सिएम ए गरेको र मिहेनेत गर्न सक्ने त्यसैले तपाई हुन्छ भन्नु हुन्छ भन्ने म पवन सर संग भेट्न लगाई दिन्छु ।

    संगम निधार खुम्च्याउँदै को पवनसर ? उहाँ हाम्रो ओपिडीको इन्चार्ज हुनुहुन्छ । उहाँले भनेपछि हाम्रो मिशन हस्पिटलमा सबै सम्भव हुन्छ । सविनाले भनिन् अनि सविना सेलरी पनी राम्रै होला होइन र ? हो दादा उनीहरूले डरलमा दिने गर्दा रहेछन् । हाम्रो नेपाली लगभग बीस हजार हुन्छ रे ।

    संगम एकै छिनमै चनाखो भएर हाँस्दै– यो सपना हो कि यथार्थ हँ सविना ? भै गो दादा नानी पाउनु कहिलेकहिले कन्दनि खोज्नु अहिले जस्तै नगर्नु बरू अब सुतौं फेरि म ड्यूटिमा जानुपर्दछ । सबै कुरा भोलि गरौंला हुन्न । हुन्छ संगमले हाँस्दै भन्यो । दादा ल त गुड नाइट, सी यू टु नेक्स्ट मोर्निङ । सविना उताको कोठा तिर लागिन ।

    आज दशैको सप्तमीको दिन विहानैदेखि तल टुढिखेलमा नेपाली आर्मीलगायत विभिन्न सुरक्षा निकायका पदाधिकारीहरू, नेपाली पोशाक र सुरक्षा कर्मीहरू पनि जंगी ड्रेश लगाएर बाजा गाजा सहित फूलपाती बटुल्न तानसेन नगरपालिका बजार हुँदै त्यो तानसेनको नाङ्कलो रेष्टुरेन्ट मुनी रहेको पौराणिक दरवारको परिक्रमा गर्दै बतासे डाँडा तिर लावा लस्कर बढिरहेको छ । सविनाको घरको वरिपरि आँगनका डिलमा फुलेका मखमली अनि सयपत्रीले पनि संगमको विदाई गर्न नचाहदा नचाहँदै पनि बाध्य भएका छन् । संगम आफ्नो सानो व्याग नजिकै राखेर सविना अटो डायरीमा आफ्ना अनुभवहरूलाई ओकेली सकेर केवल एकोहोरो भएर खिन्न मुद्रामा देखिन्छ ।

    सविनाले भित्रबाट एउटा स्टिलको खण्डे थालीमा रातो रंगाएको अक्षता अनि सयपत्री फूलको माला लिएर संगमको नजिकै आएर उभिइन् । लाग्दथ्यो दुबै दाजु बहिनीलाई कुनै समस्याले प्याकुल परिस्थिति सिर्जना गरेजस्तो । सूर्य ग्रहण लागेजस्तो । सविनाको सूर्यको तेजजस्तो अनि गुलाबको फूलजस्तो अनुहार पनि मेघले छोपेका आकाशजस्तो । अनि उजाडिएको बस्तिजस्तो देखिन्थ्यो ।

    सविनाको नयनबाट तपतप आँशु खसेको थियो । त्यो दर्दनाक दृश्य देखेर संगम आँखा रसाइरहेका थिए । संगमले आफ्नो रूमाल निकालेर बहिनीको आँखाको आँशु पुछिदियो अनि उसले गालामा म्वाइ खायो । सविनाले संगमको निधारमा तीनपटक रातो टिका लगाइदिई । सविना र संगम विदा भए । दादा आँशु पुछ्दै फेरि आउँनुहोस् है यो बहिनीलाई नबिर्सिनुहोस् ल । संगम बोल्न सकेन । मुटुमा भक्कानो परेर आयो । उसले केवल मुन्टो हल्लायो ।

    संगम व्याग समातेर ठाडो गल्लि हुँदै तल झर्यो । सविनाले घरको छतमा बसेर हेरिरही । संगम नारायण मन्दिर पुग्दासम्म त्यसपछि संगमलाई ती घर डाडाहरूले छेके । देख्न नसकिने भयो । संगम यूनाइटेड मिशन टु नेपालका डाक्टरहरू सम्म पुग्न हिँडिरह्यो । क्रमशः

    (यस उपन्यास धाराबाहिक प्रकाशन हुनेछ)

     


    क्याटेगोरी : कला शैली, मुख्य समाचार, समाज

    प्रतिक्रिया दिनुहोस