• जीवनशैली | Jiwanshaili
  • सम्झौता कार्यान्वयन नभए अनसन बस्ने डा. केसीको चेतावनी



    १२ साउन, २०७७

    चिकित्सा शिक्षा क्षेत्रका सुधारका अभियान्ता डा. गोविन्द केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।
    अहिले जुम्लामा रहेका केसीले कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसको पढाइ सुरु गर्नुपर्ने, आफूसँग २०७५ साउन दोस्रो साता भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तरतर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने र चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गरेका छन् ।


    क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार