• जीवनशैली | Jiwanshaili
  • ‘सरकारका काम नदेख्नेलाई मोतीबिन्दू लागेको छ’: स्वास्थयमन्त्री ढकाल



    १३ साउन २०७७

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणमा सरकार सही तरिकाले लडेको बताउँदै सरकारका काम नदेख्ने हाम्रो संस्कारमा मोतिबिन्दू टिप्पणी गरेका छन् । वीर अस्पतालको १३१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारले प्रशंसायोग्य काम गरेको बताउँदै सरकारका सकारात्मक काम नदेखेको भन्दै आपत्ति जनाएका हुन् ।
    सरकारले कोरोना नियन्त्रणका लागि गरेका काम देश/विदेशका नेपालीले नदेखेपनि अन्य विदेशीले देखेको टिप्पणी उनले गरे । नेपालमा सकारात्मक पक्ष पनि नदेख्ने प्रवृत्तिको विकाश हुँदै गएकाले यो संस्कारले राम्रा काम नदेखेपनि सरकारले कोरोना संक्रमितलाई खोजीखोजी उपचार गरिरहेको दाबी उनको थियो ।
    ‘यो लडाइँमा हामीले टर्च बालेर, यो ठाउँमा यो गाउँमा कोही छ कि पोजेटिभ भनेर खोजेर पत्ता लाग्ने बित्तिकै अस्पतालमा ल्याएर उपचारको व्यवस्था गरेका छौं,’ उनले भने, ‘कोभिड-१९ बाट मृत्यु हुनेको प्रतिशत विश्वमा कति छ ? हामीले २ प्रतिशतभन्दा माथि चढ्न दिएका छैनौं । यो एकदमै सकारात्मक पक्ष हो।’ सरकारकै कामका कारण ७० प्रतिशत बढी संक्रमित निको भएर घर फर्किएको बताउँदै उनले विश्वका शक्तिसम्पन्न राष्ट्रभन्दा पनि नेपाल सरकारले कोरोनाविरुद्ध राम्रोसँग लडेको दाबी गरे ।


    क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार