• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा देखियो कोरोना संक्रमण


    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा काठमाडौंमा ५७ र ललितपुरका ५ जनासहित देशभर ३८१ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ३९० रहेको छ । जसमा १५ हजार १५६ जना निको भएर घर फर्किसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस