कस्ता छन् मदन पुरस्कारका सात पुस्तक
मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक गरेको छ । गुठीले वर्षभरि प्रकाशित भएका १ सय ५१ पुस्तकबाट सात पुस्तकलाई सार्वजनिक गरेको हो । यस वर्ष ३० को दशकमा लेखन सुरु गरेका लेखकदेखि पछिल्लो पाँच वर्षयताका युवा लेखकसम्म सूचीमा समावेश छन् ।
चार लाख रुपैयाँ राशीको यो पुरस्कार कुनै एक वर्षभित्र निस्किएका पुस्तकमध्ये उत्कृष्ट एकलाई दिइन्छ । त्यही अवसरमा नेपाली वाङ्मयमा वशिष्ट योगदान पुर्याउने एक स्रष्टालाई जगदम्बा श्री अर्पण गरिन्छ । यो वर्ष सूचीकृत सात पुस्तकको कस्ता छन् ? यहाँ चर्चा गरिएको छ ।
१. जोकरको बन्दुक : विमल निभाको तेस्रो कवितासंग्रह ‘जोकरको बन्दुक’मा राजनीतिक विसंगतिका कविताको बाहुल्य रहेको छ । यो कवितासंग्रह ‘सांग्रीला बुक्स’ले प्रकाशन गरेको हो ।
२. धर्सैधर्साको चक्रब्यूह : पोखराका तीर्थ श्रेष्ठ कवि र गीतकारका रुपमा परिचित छन् । ‘धर्सैधर्साको चक्रब्यूह’ मा श्रेष्ठले जीवनकालमा लेखेका चुनिएका कविता संग्रहीत छन् । संग्रह ‘नेपालय पब्लिकेसन’ले प्रकाशन गरेको हो ।
३. परित्यक्ता : कथाकार भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’ नारी जीवनको अस्तित्वमाथि केन्द्रीत उपन्यास हो ।उपन्यास ‘नेपालय पब्लिकेसन’ले प्रकाशन गरेको हो ।
४. महारसनिघण्टु (खण्ड १–३) : ऐतिहासिक धर्म र संस्कृतिको जगमा लेखिएको आयुर्वेदसम्बन्धी यो पुस्तक अनुसन्धानमा आधारित छ । यो योगी धर्ममहारसद्वारा लिखित ग्रन्थ आयुर्वेदिक ज्ञानसंग्रह हो । यसलाई ‘विद्यार्थी प्रकाशन’ले बजारमा ल्याएको हो ।
५. महारानी : लेखक एवं पूर्वसांसद चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’मा पर्वत जिल्लाको ऐतिहासिक घटनाक्रमलाई आख्यानमा उतारिएको छ । उपन्यास ‘शिखा बुक्स’ले प्रकाशन गरेको हो ।
६. मोहपथ : ललित विष्टको कथासंग्रह ‘मोहपथ’मा युवाको आँखाबाट नेपाली समाजलाई दृष्टिपात गरिएको छ । संग्रह ‘फिनिक्स बुक्स’ले प्रकाशन गरेको हो ।
७. यात्रामा : कवितासंग्रह ‘यात्रामा’ पछिल्लो दशक लेखिएका कवितासँगै केही पुराना कविता समेत संग्रहीत छन् । यो ‘सांग्रीला बुक्स’ले प्रकाशन गरेको हो ।
हेर्नुहोस् विज्ञप्ति

क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस