• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु


    नेपालमा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ४ जनाको कोरोनाले मृत्यु भएको हो ।

    डा गौतमका अनुसार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

    धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको छ ।

    यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ६० वर्षे पुरुषको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ

    यो सँगै देशभर कोरोना संक्रमितको सख्या २३ हजार ९४८ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस