विश्वमा कोरोना भाइरसको संक्रमणलाई पराजित गर्नेको संख्या १ करोड ३४ लाख नाघ्यो
काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणलाई १ करोड ३४ लाख २२ हजार २७३ जनाले जितेका छन् । विश्वभर अहिले संक्रमितको संख्या २ करोड ०५ लाख हजार २९७ जना रहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ४४ हजार ३ सय ६६ रहेको छ ।
विश्वभरमा ६३ लाख ३३ हजार ६५८ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६४ हजार ४९६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
संयुक्त राज्य अमेरिकामा मात्र ५३ लाख ०३ हजार ९७६ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६७ हजार ५६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भने भाइरसलाई जितेर २७ लाख ५४ हजार ३५२ जना घर गइसकेका छन् । त्यस्तै मंगलबार मात्र अमेरिकामा ५२ हजार ५३८ जना नयाँ संक्रमित भेटिएका छन् । भने १ हजार ३७० जनाले ज्यान गुमाएका छन् ।
यस्तै नेपालमा भने मंगलबारसम्म ८३ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ । हिजो एकैदिन ६ सय ३८ जन नयाँ संक्रमित थपिएका छन् । भने संक्रमित हुनेको संख्या २३ हजार ९ सय ४८ रहेको छ ।
यस्तै नेपालमा संक्रमित थपिदै जादा १६ हजार ६ सय ६४ जनाले भने कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस