कोरोना संक्रमित पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
नयाँ दिल्ली- भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । मष्तिकको आकस्मिक शल्यक्रियापछि उनको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले बुधबार जानकारी गराएको छ ।
‘हाल, उहाँको ‘हेमोडाइनमिकली’ स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ’ आर्मी अस्पतालले जानकारी दिएको छ । पूर्व राष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो । तर कुनै सुधार नदेखिएको बताइएको छ ।
गत सोमबार ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको ट्वीटरमार्फत बताएका थिए । केही दिनयता आफू सम्पर्कमा आएर व्यक्तिहरुलाई कोरोना परीक्षण गराउन र अलग्ग बस्नको लागि समेत उनले आग्रह गरेका थिए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस