• जीवनशैली | Jiwanshaili
  • विश्वमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १ करोड ३८ लाख बढी


    काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणलाई १ करोड ३८ लाख ९५ हजार ४५३ जनाले जितेका छन् । विश्वभर अहिले संक्रमितको संख्या २ करोड १० लाख ६३ हजार ९८९ जना रहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ५२ हजार ६ सय ६०७ रहेको छ ।

    विश्वभरमा ६४ लाख १५ हजार ९२९ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६४ हजार ६८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

    संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख १४ हजार ३८१ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ७० हजार ३६० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भने भाइरसलाई जितेर २८ लाख ३३ हजार २२९ जना घर गइसकेका छन् । त्यस्तै बिहीबार मात्र अमेरिकामा ५४ हजार ०७५ जना नयाँ संक्रमित भेटिएका छन् । भने १ हजार २२९ जनाले ज्यान गुमाएका छन् ।

    यस्तै नेपालमा भने बिहीबारसम्म ९५ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ । हिजो एकैदिन ५२५ जना नयाँ संक्रमित थपिएका छन् । भने संक्रमित हुनेको संख्या २४ हजार ९ सय ५७ रहेको छ ।

    यस्तै नेपालमा संक्रमित थपिदै जादा १६ हजार ८ सय ३८ जनाले भने कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस