• जीवनशैली | Jiwanshaili
  • विश्वमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या १ करोड ४३ लाख बढी


    काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणलाई १ करोड ४३ लाख १३ हजार ९५५ जनाले जितेका छन् । विश्वभर अहिले संक्रमितको संख्या २ करोड १५ लाख ९२ हजार ५१३ जना रहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ६७ हजार ९ सय ५६ रहेको छ ।

    विश्वभरमा ६५ लाख १० हजार ६०२ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६४ हजार ४४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

    संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख २९ हजार ७०८ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ७२ हजार ६०६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भने भाइरसलाई जितेर २८ लाख ९९ हजार ४२३ जना घर गइसकेका छन् । त्यस्तै शनिबार मात्र अमेरिकामा ५३ हजार ४४२ जना नयाँ संक्रमित भेटिएका छन् । भने १ हजार ०७१ जनाले ज्यान गुमाएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस