• जीवनशैली | Jiwanshaili
  • अयोध्यामा मोदीसँगै भूमि पूजा गरेका महन्तमा देखियो कोरोना


    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि बुधवार भूमि पुजा गर्न गएका थिए । पुजा गराउने श्रीराम जन्म भूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार, महन्त गोपालदासलाई कोरोना लागेको पुष्टि भएको छ र उत्तर प्रदेश (युपी) का मुख्यमन्त्री आदित्यनाथ योगीले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्। उनले मथुराका प्रमुख जिल्ला अधिकारी ९डीएम०, मेदान्त अस्पतालका डाक्टर त्रेहानसंग कुराकानी गरेका छन्। महन्त गोपाल दासलाई सबै सम्भव चिकित्सा सुविधा उपलब्ध गराउनका लागि पनि भनेका छन्।

    महन्त नृत्य गोपाल दासले केही दिन अघि प्रधानमन्त्री मोदीलाई अयोध्यामा निर्माण गरिने राम मन्दिरको भूमि पुजा गराएका थिए। उक्त कार्यक्रममा मोदीले बुधवार २ घण्टा विताएका थिए। आधा घण्टा बढी समय पुजा गरेका थिए। पुजा गर्दा पुरोहित गोपालले मोदीकै छेउमा बसेर मन्त्रोचारण गर्दै पुजा गराएका थिए।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास

    प्रतिक्रिया दिनुहोस