• जीवनशैली | Jiwanshaili
  • मृत्‍यु हुने हेटौंडाका ६१ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टि


    मंगलबार राति हेटौंडामा मृत्‍यु भएको ६१ वर्षीय वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएकी वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

    मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए । उनको स्वाब सोमबार नै लिइएको भए पनि प्रयोगशालामा चाप धेरै भएकाले रिपोर्ट आउन ढिला भएको चौलागाईको भनाइ छ ।

    कोरोना संक्रमणका कारण मकवानपुरको हेटौंडामा पहिलो पटक मृत्यु भएको हो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस