मनमैजु हत्याकाण्डका आरोपीलाई कोरोना संक्रमण
काठमाडौं- मनमैजु हत्याकाण्डका आरोपीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । साउन ३० गते लक्ष्मण रिमाल तामाङको हत्यामा संलग्न रहेका आरोपी दोर्जे शेर्पामा कोरोना संक्रमण देखिएको प्रहरीले जनाएको छ ।
शेर्पाको कारवाहीमा खटिएका सुरक्षाकर्मी समेत हाल होम आइसोलेसन रहेका प्रहरीले जनाएको छ । आरोपित पक्राउ गर्ने, बयान लिने र सम्पर्कमा रहेका सुरक्षाकर्मी आइसोलेसनमा राखिएको हो ।
प्रहरीले कोभिड–१९ को संक्रमण सुरू भएयता हिरासतमा लिने व्यक्तिको परिक्षण अनिवार्य गरेको छ । टोखाको वषन्तटोल स्थित गोर्खाली खाजा घरमा लक्ष्मण तामाङ र दोर्जे शेर्पा समेतको समूहबीच झगडा हुँदा शेर्पाले लक्ष्मण तामाङलाई छुरा प्रहार गरेका थिए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस