कोरोना संक्रमणबाट वीरगन्जमा थप एकको मृत्यु
वीरगन्ज- कोरोना संक्रमणबाट वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ । गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएका पुरुषका कोरोना संक्रमणको पुष्टि भएको हो ।
पर्साको जीराभवानी गाउँपालिका ४ सुपौलीका ६८ वर्षीय पुरुषलाई निमोनिया देखिएपछि आइतबार वीरगन्जको तराई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि आइतबार राति नै साढे ९ बजे गण्डक अस्पतालमा लगिएको थियो ।
गण्डक अस्पताल लगिएको केही समयपछि उपचारकै क्रममा उनको मृत्यु भएको गण्डक अस्पताल स्रोतले जानकारी दिएको छ ।
मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस