• जीवनशैली | Jiwanshaili
  • विश्वभर कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १ करोड ७० लाख नाघ्यो


    काठमाडौं- विश्वमा कोरोना भाइरसको संक्रमणलाई १ करोड ७० लाख ७४ हजार ४८१ जनाले जितेका छन् । विश्वभर अहिले संक्रमितको संख्या २ करोड ४६ लाख ५ हजार २२७ जना रहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ३४ हजार ७ सय ७१ रहेको छ ।

    विश्वभरमा ६६ लाख ९५ हजार ९७५ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६१ हजार ५३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

    संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख ४६ हजार ६० जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८४ हजार ७७७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भने भाइरसलाई जितेर ३३ लाख ४५ हजार ३८८ जना घर गइसकेका छन् । त्यस्तै बिहीबार मात्र अमेरिकामा ४५ हजार ६९५ जना नयाँ संक्रमित भेटिएका छन् । भने १ हजार १२४ जनाले ज्यान गुमाएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस