• जीवनशैली | Jiwanshaili
  • चितवनमा कोरोना संक्रमित ७७ वर्षीया वृद्धाको मृत्यु


    चितवन- चितवनमा कोरोना भाइरस संक्रमित एक वृद्धाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ की ७७ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

    अस्पताल भर्ना भएकी वृद्धाको बिहीबार साँझ कोरोना भाइरस पोजेटिभको रिपोर्ट आएको थियो। आज बिहान उनको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बताए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस