• जीवनशैली | Jiwanshaili
  • विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ करोड ४८ लाख बढी व्यक्ति संक्रमित


    काठमाडौं- विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ४८ लाख ८८ हजार ३०६ पुगेको छ । संक्रमणलाई १ करोड ७२ लाख ७६ हजार ७२७ व्यक्तिले जितेका छन् । विश्वभर अहिले संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ४० हजार ४ सय ३१ रहेको छ ।

    विश्वभरमा ६७ लाख ७१ हजार १४८ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६१ हजार २९८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

    संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख ९४ हजार ५२९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८५ हजार ८७३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भने भाइरसलाई जितेर ३३ लाख ७१ हजार ५९२ जना घर गइसकेका छन् । त्यस्तै शुक्रबार मात्र अमेरिकामा ४७ हजार ८९५ जना नयाँ संक्रमित भेटिएका छन् । भने १ हजार ७७ जनाले ज्यान गुमाएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस