• जीवनशैली | Jiwanshaili
  • प्रदेश २ मा २४ घण्टामा ५ सङ्क्रमितको मृत्यु


    जनकपुर- प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु हुनाका साथै ७९ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा महोत्तरीबाट तीन तथा बारा र सिरहाबाट एक/एक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ ।

    प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ ।

    सो अवधिमा सप्तरीबाट ६, सिरहाबाट दुई, धनुषा, महोत्तरी र सर्लाहीबाट १९/१९, रौतहटबाट २०, बाराबाट पाँच र पर्साबाट एक गरी ७९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

    शुक्रबार थपिएका सङ्ख्यासमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या नौ हजार ६३० पुगेको छ । तीमध्ये आज १५२ जना उपचार गराई  निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेहरुको सङ्ख्या चार हजार ६४८ पुगेको छ ।

    प्रदेशअन्तर्गतका १९६ वटा क्वारेन्टिनमा ७९५ तथा होम क्वारेन्टिनमा दुई हजार ५९१, आइसोलेसनमा एक हजार ५८ र होम आइसोलेसनमा तीन हजार ८४७ जना रहेको सो मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस