• जीवनशैली | Jiwanshaili
  • धनकुटामा १३ जना प्रहरीसहित १९ जनामा भेटियो काेराेना


    धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जना प्रहरी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएछ ।

    धनकुटाबाट ९५ जनाको पीसीआर परिक्षणको लागि पठाइएको मध्ये ४५ जनाको रिपोर्ट आएको छ । जसमध्ये १३ जना प्रहरी र अन्य ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले बताउनुभयो ।

    संक्रमण देखिएका ती सबै पुरुष प्रहरी जवानहरू हुन् । उनीहरू एक महिनाको अवधिमा विभिन्न स्थानबाट सरुवा भएर धनकुटा आएका थिए । उनीहरू सबै हालसम्म क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताउनुभयो ।

     


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस