कोरोना सङ्क्रमित ५८ वर्षीय पुरूषको मृत्युु
पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरूषको बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । गत भदौ ७ गते अस्पतालको शल्यक्रिया विभागमा उहाँको पेटको आकस्मिक शल्यक्रिया गरिएकोे थियो । भोलिपल्ट नमूना सङ्कलन गरिएकामा भदौ १० गते कोरोनाको नतिजा पोजिटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि उहाँलाई कोभिड उपचार केन्द्रमा सारिएको थियो । पश्चिमाञ्चल अस्पतालमा अहिलेसम्म सात सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । त्यसैगरी आज गण्डकीमा थप २८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । नयाँ सङ्क्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का २१, लमजुङमा छ तथा कास्कीमा एक जना छन् । हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई हजार ९४ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस