प्रदेश नं २ मा ७ को सङ्क्रमणबाट मृत्यु, मृतक सङ्ख्या ८४
जनकपुर- प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित सात जनाको मृत्यु हुनुका साथै १६५ नयाँ सङ्क्रमित थपिएका छन् ।
सो अवधिमा महोत्तरी र सिरहामा दुई÷दुई तथा पर्सामा तीन जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका वरिष्ठ डा. कमलेशप्रसाद यादवले जानकारी गराए । सोअनुरुप महोत्तरीको भङ्गाहा नगरपालिका–१ का ३५ वर्षीय, पिपरा गाउँपालिका–७ का ७० वर्षीय, सिरहाको सुखीपुर नगरपालिका–८ का ५५ वर्षीय र लहान–१८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१२ का ४८ वर्षीय, वीरगञ्ज–२२ का ३७ वर्षीय र वीरगञ्ज–१२ का ६५ वर्षीया एक महिला गरी सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।
सोही अवधिमा धनुषामा ४९, महोत्तरीमा २७, सर्लाहीमा ४५, रौतहटमा एक, बारामा नौ र पर्सामा ३४ गरी १६५ जना थपिएका छन् । यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या नौ हजार ७९५ पुगेको छ । सोमध्ये आज चार महिला गरी ८७ उपचार गराइ निको भएर घर फर्केका छन् । अब उपचार गराइ निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ७५५ पुगेको छ ।
यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ७५० जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ६४३, आइसोलेसनमा एक हजार ७४ र होम आइसोलेसनमा तीन हजार ९०२ जना रहेको सो मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस