वीरगञ्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
dav
वीरगञ्ज- कोरोना संक्रमणबाट पर्सामा थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
संक्रमित पुरुषको मंगलबार बिहान पौने एक बजे उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो । ती पुरुषको गत साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते उनमा कोरोना पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि सोही दिनदेखि उनी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए। उनी मधुमेह, मिर्गौलाका समेत रोगी थिए ।
यो सँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस