• जीवनशैली | Jiwanshaili
  • उपचारका क्रममा वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु


    वीरगञ्ज- वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ९ बसबरियाटोल बस्ने ९७ वर्षीय कमल राय यादवको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    ती वृद्धको उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा बुधबार बिहान १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    भदौ १२ गते ती वृद्धको स्वाब संकलन गरी परीक्षण गरिएकोमा १४ गते कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस