कास्कीका ८ प्रहरीसहित गण्डकीमा बिहानै थपिए ५० संक्रमित
पोखरा- गण्डकी प्रदेशमा बुधबार थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा परीक्षणमा गण्डकी प्रदेशमा बुधबार थप ५० जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा कास्कीका २९ जना, गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेका छन् ।
नयाँ संक्रमितमा कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् । त्यस्तै वडा नम्बर १५ का ४० वर्षका २ जना पुरुषहरु, वडा नम्बर २७ का २८ वर्षीय पुरुष, वडा नम्बर ६ का २१ वर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टिनमा बसेका छन् ।
त्यसैगरी रुपा-१ का २७ वर्षीय पुरुष ईलामबाट आई क्वारेन्टिनमा बसेका छन् । त्यस्तै वडा नम्बर १ का २५ वर्षीया महिला पृथ्वीचोकस्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।
त्यस्तै तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै बाग्लुङ जिल्ला, गल्कोट(३ र बाग्लुङ(१ का क्रमशस् ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।
अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस