• जीवनशैली | Jiwanshaili
  • विश्वभर कोरोना संक्रमणबाट नौं लाख ५० हजारको मृत्यु


    काठमाडौं- विश्वमा कोरोना संक्रमणबाट नौं लाख ५० हजार १३० जनाको मृत्यु भएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३ लाख ३३ हजार ७०४ रहेको छ । संक्रमणलाई जितेर निको हुनेको संख्या २ करोड २० लाख १९ हजार ३०८ पुगेको छ ।

    विश्वभरमा ७३ लाख ६४ हजार २६४ जना कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६१ हजार ४०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस