• जीवनशैली | Jiwanshaili
  • ९५९४ पीसीआर परिक्षण गर्दा १३२५ मा देखियो कोरोना, संक्रमण दर १० प्रतिशत भन्दा बढी


    स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ३ सय २५ जनामा नयाँ कोरोना संक्रमण देखिएको छ । कुल ९ हजार ५ सय ९४ परीक्षण गर्दा त्यति संख्यामा संक्रमण देखिएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको नियमित परिक्षणमा पछिल्लो २४ घण्टामा ९ सय ६६ जना संक्रमण मुक्त भइ घर फर्किएको जनाइएको छ । पछिल्लो परीक्षण र संक्रमण हेर्दा विगत २४ घण्टाको परीक्षणमा १० प्रतिशत भन्दा बढीमा संक्रमण देखिएको छ ।

    परीक्षण र संक्रमणको आकणा हेर्दा नेपालमा कोरोना संक्रमणको अवस्था निकै डरलाग्दो देखिएको संक्रमण विज्ञहरुले जनाएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस