• जीवनशैली | Jiwanshaili
  • बर्दियाका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु


    बाँके- कोहलपुरमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

    जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए । यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस