• जीवनशैली | Jiwanshaili
  • नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो


    काठमाडौं- स्वास्थ्य मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्ने घोषणा गरेको छ । नेपालमा केही समयदेखि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ ।

    पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ छ । हाल देशभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ७१ हजार ८ सय २१ रहेको छ । आइसोलेसनमा हुनेहरुको संख्या १८ हजार ३४१ छ ।

    यस्तै, कोरोना भाइरसको संक्रमणबाट ५३ हजार १३ जना मुक्त भइ घर फर्किसकेका छन् । भने क्वारेटिनमा हुनेको संख्या ६ हजार ३३१ रहेको छ ।

    यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ सय ६७ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस