• जीवनशैली | Jiwanshaili
  • बिपी प्रतिष्ठान धरानमा संक्रमित महिलाको मृत्यु


    विराटनगर- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मोरङको सुनबर्षी नगरपालिका–७ की ६८ वर्षीया महिलाको भेन्टिलेटरमा राखेर उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

    ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले असोज १० गते प्रतिष्ठानमा रेफर गरेको थियो । मिर्गौला रोगी ती महिलाको नियमित डाइलासिस भइरहेको थियो ।

    उनलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस