जुम्ल्याहा बच्चा जन्माएकी २९ वर्षीया संक्रमित महिलाको बाँकेमा मृत्यु
कोहलपुर- बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा महेन्द्रनगर नगरपालिका–२, कंचनपुरकी २९ वर्षीया एक महिलाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती महिलाले जुम्ल्याहा बच्चाहरुलाई जन्म दिएकी छिन् । एक छोरा र एक छोरीको जन्म दिएकी महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा आइतबार बिहान ४ः३० बजे मृत्यु भएको हो ।
यो सङ्गै बाहिरी जिल्लाबाट बाँके जिल्लामा आई अस्पतालमा भर्ना भएर उपचारकै क्रममा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस